६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
एक केजी सुन तस्करीका लगानीकर्ताकाे पहिचान, प्रहरीद्वारा खाेजी जारी
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १५:५०:८
७ असोज, काठमाडौं । गत साउन २ मा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याइएको ६० किलो सुन प्रकरणमा २९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा चलाइएको मुद्दामा १३ प्रतिवादीको बयान सकिएको छ । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा आजसम्ममा १३ जना प्रतिवादीको बयान सकिएको हो ।
७ चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङको बयान पुरा भएको अदालत प्रशासनले जनाएको छ । तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान पुरा भएको जनाइएको छ ।
अन्य प्रतिवादी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको समेत बयान सकिएको छ । संगिठत अपराधमा ६० दिन अनुसन्धान सकेर प्रकरणमा प्रतिवादी बनाइ मुद्दा चलाइएकामध्ये ९ विदेशीसहित १८ जना फरार छन् ।
उक्त ६० केजी र त्यसअघि विमानस्थलबाटै भएको ९ केजी सुन तस्करी प्रकरणमाथि जाँबुझ गर्न दलहरुले उच्च स्तरीय आयोग गठन गर्ने तयारी सुरु गरेका छन् । आयोगको समयसीमा, क्षेत्राधिकार र नेतृत्वबारे प्रारम्भिक मस्यौदा तयार भएको दलहरुको दाबी छ । भदौ ६ मा भएको सर्वदलीय सहमति अनुसार यही असोज ५ गते अयोग घोषणा भइसक्नुपर्ने थियो ।
यसैबीच, साता दिन पहिले विमानस्थलबाहिरबाट तस्करीकाे एक केजी सुन बरामद प्रकरणमा पक्राउ परेका बाबुलाल दाेङ सहित काभ्रेका ३ जनाकाे अनुसन्धान पह्ररीकाे न्यायिक हिरासतमा भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उक्त प्रकरणमा दुबइबाट सुन मलद्वारमा राखेर भरिया बनेर सुन ल्याउन दाेङले लगानीकर्ताबारे मुल खाेलेकाे बताइन्छ । लगानीकर्ता (साहु) काभ्रेका तरूण दलका नेता विकास लामा र माओवादी केन्द्रनिकट नबिन लामा भएकाे खुलेकाे छ । उनीहरू फरार छन् । प्रहरीले खाेजी गरिरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार