पूर्वराजा पुनः फिल्डमा, आइतबार भक्तपुर पुगे
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १६:४८:२७
७ असोज, काठमाडौं । देशभित्र राजसंस्थाको पुनःस्थापनाबारे राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न संघसंस्थाहरुले आवाज उठाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमण (फिल्ड)मा निस्किएका छन् । उनी आज भक्तपुर पुगेका छन् ।
भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका छन् । उनी भक्तपुरवासीको निमन्त्रणामा त्यहाँ पुगेको दाबी गरिएको छ । सामन्तवादका नाइकेको आरोप खेपिरहेको राजसंस्था (राजा) जनयुद्ध र २०६२/६३ को जनआन्दोलनले दरबारबाट गहलत्याएपछि पछिल्लो चरणमा दुई पार्टीले खुला रुपमा राजसंस्था पुनः स्थापनाको वकालत गरिरहेका छन् ।
तर प्रमुख राजनीतिक दल र सरकारले भने ‘मसानघाट’मा पुगिसकेको राजसंस्था फिर्ता हुने कल्पना नगर्न चेतावनी दिँदै आएका छन् । धर्मकाे नाममा राजनीतिक भावकाे गतिविधि नगर्न र सक्रियता नदेखाउन, देखाएमा सेवा सुविधा खाेस्ने चेतावनी समेत दिँदै आएका छन् ।
मुलुकमा भ्रष्टाचार र बेथिति बढदै गएपनि सर्वसाधारणले पनि ‘राजा’को याद गर्न थालेको रातन्त्र पक्षधरहरुको तर्क छ । राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले त गत साता काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममबाटै ज्ञानेन्द्रलाई कुनै रुपबाट स्थान दिएर शासनमा ल्याउनुपर्ने प्रस्ताव नै राखेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र दरबारबाट विस्थापितपछि कुनै न कुनै रुपमा जनतासँग भेटघाटन गर्ने र राष्ट्रिय पर्वहरुमा विज्ञप्ति जारी गर्दै राजनीतिक चाह व्यक्त गर्दै आइरहेका छन् । उनकाे व्यवहारले राजनीतिमा आउने चाहना प्रकट भइरहेकाे छ । उनले विशेष गरी धार्मिक भ्रमण र अनुष्ठानमार्फत ‘फिल्ड’मा जाने काम गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार