पेट्रोल भण्डारमा आगो लाग्दा एक शिशुसहित ३५ जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १६:४८:४२
७ असोज, एजेन्सी । गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छभने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।
बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अन्सार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् ।
पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।
बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ । नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ । मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् । यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार
इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार