प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चमा सुनुवाइ सकियो
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १६:५८:४४
७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो ।
जेठ २०७३ जेठ १२ मा वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले प्रचण्डविरुद्धको अवहेलना मुद्दा दायर गराएका थिए । प्रारम्भिक सुनुवाइपछि त्यतिबेला विपक्षी अर्थात प्रचण्डसँग लिखित जवाफ माग्ने आदेश भएको थियो ।
जवाफ समयमै पेस भएपनि पटकपटक पेसी तोकिँदै र सर्दै आइरहेको थियो । त्यसक्रममा बल्ल आज सुनुवाइ भएको हो । जवाफमा प्रचण्डले आफूले अदालतको अपहेलना नगरेको र मुद्दा खारेजभागी रहेको जिकिर गरेका छन् । सुनुवाइ सकिएपनि आदेश आउन भने बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रम प्रचण्ड हाल चीन भ्रमणमा छन् । उनी असोज १३ गते मात्र स्वेदश फर्किनेछन् ।
भदाै ३० अमेरिकाकाे न्यूयाेर्क पुगेका उनी त्यतैबाट चीन पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार