न्यायाधीश सरुवामा कानुनमन्त्रीको कुनै हात हुँदैन, मेरो प्रस्ताव पनि होइनः कानुन मन्त्री
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार १७:१४:६
७ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीशको सरुवामा कानुन मन्त्रीको हात नहुने बताएका छन् । उनले न्यायाधीश सरुवा गर्ने काम न्यायपरिषदको भएको बताएका छन् । उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको स्पष्टीकरण दिएका छन् ।
आइतबार कानुन मन्त्रालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले न्यायपरिषदको सचिवालयले न्यायाधीश सरुवाको काम गर्ने र यसमा मन्त्रीको कुनै सहभागिता नहुने बताएका छन् । कानुन मन्त्रीको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई रुकुममा सरुवा गरिएको भन्ने आसयका समाचार बाहिरिएपछि मन्त्री गुरुङको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।
मन्त्रालयको जिम्मेवारीमा आउनु भन्दाअघि देखि नै भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि गुरुङले आवाज उठाउँदै आएको उनका स्वकीय सचिव प्रेम केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा राजनीतिक जीवन सुरु गर्दादेखि नै सधैं कानुनी राज्यको पक्षमा वकालत गर्दै आएको र हाल स्वयं कानुन मन्त्रीको जिम्मेवारीमा रहेको सन्दर्भमा कुनै गलत नियत नराखी कार्यसम्पादन गर्दै आइरहेको दावी मन्त्री गुरुङको सचिवालयले गरेको छ ।
न्यायाधीश सरुवामा न्याय परिषदको सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र परिषदबाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको मन्त्री गुरुङको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । न्यायाधीश न्यौपानेको सरुवाका लागि मन्त्री गुरुङले प्रस्ताव नगरेको सचिवालयको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार