प्रधानमन्त्री प्रचण्डविरुद्ध मंसिर १८ मा कस्तो आउँछ आदेश ?
नेपालबहस संवाददाता
असोज ७, २०८० आइतबार २१:३९:४७
७ असोज, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको आदेश मंसिर १८ गते आउँदैछ । सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर निर्णय सुनाउने मिति मंसिर १८ गते तय गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले बहस सुनिसकेर आदेश सुनाउने मिति तोकेको हो । प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै त्रिपाठीले २०७३ जेठ १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०७३ वैशाख अन्तिममा आफूविरुद्ध षड्यन्त्र भएको अभिव्यक्ति दिएका थिए । उनले माओवादीविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर अदालत प्रयोग भएको भन्दै आलोचना गरेका थिए । सोही अभिव्यक्तिलाई लिएर अदालतमा मुद्दा परेको थियो । अब १८ मंसिरमा अदालतले कस्तो आदेश दिन्छ भन्ने चासो राजनीतिक बृतमा बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार