मीड सोलु हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार ११:१०:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/ipo-2_MZ58q2oR5Q_Jd8v5lUuOo.jpg)
८ असोज, काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बुधबार साँझ ५ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, मीड सोलुको आईपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ ।
किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ६२ हजार ११८ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता शेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०८० असार ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ असार २९ गतेसम्म बाहल रहनेछ ।
कम्पनीले सोलुखुम्बु जिल्लास्थित सोलु खेलाको पानी प्रयोग गरी ९.५ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७७ माघ २५ गते प्राप्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार