आन्दोलनरत राहत शिक्षकहरूले आज सडकमा सुतेर विरोध जनाउने
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार ११:५५:०
८ असोज, काठमाडौं । सरकारले संसमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा असोज ३ देखि आन्दोलनरत राहत शिक्षकहरूले आज सडकमा सुतेर विरोध जनाउने भएका छन् । देशभरका ४० हजार राहत शिक्षकहरु आन्दोलनलाई निर्णायक बनाउन काठमाडौं आउने क्रम जारी रहेको बताउने राहत शिक्षक संघले आज शिक्षकहरुलाई सडकमा सुतेर विरोध जनाउने कार्यक्र तय भएको जनाएको छ ।
आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक, विद्यालयका कर्मचारी सहभागी छन् । उनीहरुले आज दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरको सडक खण्डमा लम्पसार सुतेर विरोध जनाउनेछन् । आन्दोलनको सुरुवातीमा अस्थायी शिक्षकको पनि सहभागिता रहेकामा ५ गते सरकारसँग ६ बुँदे सम्झौता गरेर सडकबाट फिर्ता भइसकेका छन् ।
राहत शिक्षकहरुले सम्झौतामा आफूहरुको माग बेवास्ता गरेर शिक्षक महासंघले गलत सम्झौता गरेको बताउँदै आन्दोलन जारी राखेका हुन् । त्यतिबेला आन्दोलनको नेतृत्व गरिरहेको महासंघले राहत, पेन्सनबाट वञ्चित र बाल शिक्षाका शिक्षक तथा कर्मचारीको मागलाई कुल्चेर सम्झौता गरेर धोका दिएको आन्दोलनकारीहरुको भनाइ छ ।
माग पूरा नभएसम्म सडकबाट फिर्ता नहुने उनीहरुको अडान छ । राहत शिक्षकलाई सत प्रतिशत स्थायीको माग व्यवस्था हुनुपर्ने, कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने, करार, अनुदानका शिक्षकलाई पेन्सनको व्यवस्था गरिनुपर्ने लगायत माग राख्दै आएका छन् । आज दिउँसो १२ बजे एक घण्टा सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार