१३ वर्षअघि भएकाे भक्तमान श्रेष्ठ अपहरण घटनाका फरार आराेपीमध्ये एक जना प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १२:२५:४०
८ असोज, काठमाडौं । चितवनको भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न रही फरार भएकामध्ये एक जनालाई १३ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएकाे छ ।
प्रहरीले घटनापश्चात फरार रहेका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षीय लुप्पा भनिने सुब्बा तामाङलाई आइतबार पक्राउ गरेकाे हाे । उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि आइतबार नै चितवन जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चलेको मुद्दामा चितवन जिल्ला अदालतले उनलाई २०६९ जेठ २४ मा दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको थियो ।
४८ वर्षीय डाक्टर श्रेष्ठको २०६७ जेठ ४ मा भएको अपहरण र शरीर बन्धक कसुरमा तामाङको संलग्नता पाइएको थियो । अपहरण र त्यसपश्चात ३ किलो सुन फिरौती माग्न संलग्नमध्ये केही यसअघि नै पक्राउ परेर जेलमा छन् ।
अपहरणकारी राजेन्द्र पण्डितलाई २०७८ असाेज ६ मा नुवाकाेटबाट पक्राउ गरी सजाय भुक्तानका लागि जेल चलान गरिएकाे थियाे । पण्डितलाई उच्च अदालत हेटाैंडाले ९ वर्ष कैद र ५० हजार जरिवानाकाे फैसला सुनाएकाे थियाे । केही अझै फरार छन् ।
राति २२ः१५ बजे डा. श्रेष्ठ चितवन अस्पतालबाट हिमचुली विकास बैंकनजिकको मोडमा रहेको क्वाटरतर्फ जाने क्रममा अपहरणमा परेका थिए । अपहरणमा भीमसेन पण्डित, रोहित पलिवाल, बद्रीप्रसाद ढुंगाना, सुनील श्रेष्ठ, नवीन क्षेत्री, लुप्पा तामाङ भनिने सुब्बा तामाङ र गौतम योञ्जनकाे संलग्नता देखिएकाे थियाे । उनीहरूले श्रेष्ठलाइ अपहरणपछि नुवाकोट, काठमाडौं र धादिङका विभिन्न स्थानमा राखेका थिए ।
त्यतिबेला माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वकाे सरकार थियाे । जुन बेला सरकारकै मान्छेहरूले अपहरण गराएकाे आराेप समेत लगाइएकाे थियाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार