टोलटोलमा भक्ता वितरणले ज्येष्ठ नागरिकमा उत्साह
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १३:५७:४२
८ असोज, रामपुर 'पाल्पा' । पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । “पालिकाको केन्द्र तथा बैंकको पहुँचदेखि टाढा रहेका ज्येष्ठ नागरिकलाई भक्ता लिन आउनजान धेरै समस्या भएकाले टोलटोलमा जनशक्ति परिचालन गरेर भत्ता उपलब्ध गराउने छौँ”, उनले भने । थापाका अनुसार नगरपालिकाले कृषि विकास बैंकसँग समन्वय गरेर टोलमा भत्ता वितरण गर्नेछ ।
पालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने जनाइएको छ । बैंकको रामपुर शाखाले वडा नं १ को कार्यालयबाट बैंक खाता खोल्न सुरु गरेको नगर प्रवक्ता तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए ।
उनका अनुसार पहिलो दिन वडा नं १ को साँखर्दी, कुमैडाँडा, कठैडाँडा, मकैडाँडा, फुकलडाँडा, क्वाङ क्वाङ, गजबन्दी लगायतका स्थानका ९२ नागरिकको खाता खोल्ने काम भएको छ । यस वडामा चार सय ३२ जनाले सामाजिक सुरक्षा भत्ता सुविधा लिँदै आएका वडाध्यक्ष खाणले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार