धान-चामल र चिनीकाे आपूर्ति सहज बनाउने विषयलाई भारतले नसुनेझैं गर्यो : मन्त्री रिजाल
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:११:५६
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतीय पक्षले आपूर्ति सहज बनाउने विषयलाई नसुनेझैं गरेको बताएका छन् । मन्त्री रिजालले आज केन्द्रीय समितिको बैठकमा नेताहरुले सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीबारे उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारले महँगी र खाद्यान्नको सहज आपूर्ति हुन नसकेको भन्दै पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुमाथि प्रश्न उठाएका थिए । नेपाली बजारको मुख्य आपुर्तिकर्ता भारतले धान, चामल र चिनीको आपूर्तिमा कडाइ गरेको छ । जसका कारण बजारमा महंगी ह्वात्तै बढेको छ ।
जवाफ दिने क्रममा मन्त्री रिजालले भने, ‘धान, चामल र चिनीको विषयमा इण्डियाको वाणिज्य मन्त्रीसँग पनि कुरा गरें । हुन्छ, म छिट्टै गर्छु भन्छन्, तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।’ उनले यो विषयमा नेपालका लागि भारतीय राजदूतसँग धेरैपटक कुराकानी भएको खुलाए । ‘राजदूतले पनि कुरा भइराखेको छ, चिन्ता नगर्नुस् भन्छन्, तर परिणाम आएको छैन’ उनले भने ।
धान र चामल आपूर्ति गर्न सरकारले भारतलाई पत्राचार पठाएको जानकारी समेत दिए । पत्रको जवाफ समेत नआएको उनले बताए । चिनीको अभाव टार्न साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङलाई टेण्डर खुलाउन आग्रह गरिएको जानकारी बैठकमा उनले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार