देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:१५:१७
८ असोज, काठमाडौं । देशका विभिन्न स्थानबाट पाँच जना लागूऔषधसहित पक्राउ परेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईंलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साको जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका(४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् ।
सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ, ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
क्यानडा पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार