एमालेले सरकार परिवर्तनमा ध्यान दिएको छैन : महासचिव पोखरेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १४:३५:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/shankar_polkhrel_CbKTskJd2b_tTQM6e0MXu.png)
८ असोज, काठमाडौं । नेकपा (एमाले)ले अहिले पार्टीले सरकार परिवर्तन गर्ने विषयमा ध्यान नदिएको बताएको छ । सोमबार पार्टीको बागमतीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नै महासचिव शंकर पोखरेलले एमाले अहिले सरकार परिवर्तन गर्ने खेलमा नरहेको बताए ।
उनले अहिले एमाले ‘मिसन ८४’मा रहेको र एमालेलाई मुलुकको ठूलो राजनीतिक शक्ति बनाउने कार्ययोजनासहित अगाडि बढिरहेको बताए । अहिले मुलुकमा पहिचान र धर्मको नाममा भडकाव ल्याउन खोज्ने तत्वहरु सक्रिय रहेको उनको भनाइ छ ।
‘अहिले एमालेले सरकार परिवर्तन गर्ने विषयमा ध्यान दिएको छैन’ महासचिव पोखरेलले भने, ‘हामी आउँदो ८४ को चुनावमा पहिलो पार्टी बन्ने विषयमा केन्द्रित भइरहेका छौं ।’ उनले मिसनलाई सफल बनाउन सबै नेता कार्यकर्ता लाग्न समेत निर्देशन दिए ।
अहिले एमालेले सरकारको नेतृत्व गरेको जनताले चाहेको तर एमाले सरकारको गलत कामप्रति खबरदारी गर्दै पार्टीलाई सशक्त र बलियो बनाउने कामलाई मुख्य रुपमा लिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मंगलबार बजारमा १० अर्ब ४३ करोडका शेयर किनबेच भए, १२ अंकले बढेर २७४० मा रोकियो नेप्से
फागुन ६, २०८१ मंगलबार
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
फागुन ६, २०८१ मंगलबार
साउदी अरबमा अमेरिका–रुस वार्ता सुरु, युक्रेनलाई स्थान छैन
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार