कम्पनीको हित विपरीत काम गरेपछि नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुलीलाई हटाउने तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १७:१:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal_life_insurance__chairmen_-Chief_uXPMoimxLL_GeyNcn14co.png)
८ असोज, काठमाडौं । नेपाली बीमा बजारको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीलाई हटाउने तयारी गरेको छ । सञ्चालक समितिले दिएको निर्देशन विपरीत कम्पनीको अहितमा काम गरेको भन्दै पराजुलीलाई हटाउन लागिएको हो । उनी जिम्मेवारीमा आएको केही समयदेखि नै इन्स्योरेन्सको इथिक विपरीत काम गरेको बताइएको छ ।
कर्मचारी स्रोतका अनुसार पराजुलीले अन्य समानान्तर कम्पनीसँग मिलेर व्यवसाय नै कमजोर बनाएको गुनासो सञ्चालक समितिमा आएपछि उनलाई हटाएर नयाँ सीईओ नियुक्त गर्न लागिएको छ । पराजुलीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहँदा बीमा प्राधिकरणबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिकाहरुकाे समेत पालन नगरेको बताइएको छ । बीमा प्राधिकरणबाट पनि पराजुलीका विषयमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि यस अघि नै सञ्चालक समितिले हटाउन खोजेको थियो ।
आर्थिक वर्षको अन्त्यको समय भएकाले उनलाई हटाउन ढिला गरिएको कर्मचारी स्रोतको भनाइ छ । पराजुलीलाई सीईओमा नियुक्ति गर्ने समयमै पनि सञ्चालक समितिमा विवाद आएको थियो । उनी यसअघि रिलायन्स इन्स्योरेन्समा थिए । उक्त कम्पनी अहिले सानिमासँग गाभिएर सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्स भएकाे छ । त्यहाँ रहँदा पनि उनको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठाइएको थियो । यसपछि सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेलाई प्रभावमा पारेर उनी नेपाल लाइफमा आउन सफल भएका थिए । यस कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई रहेका छन ।
पराजुलीलाई कार्यकारी प्रमुखमा ल्याएपछि नेपाल लाइफको व्यवसायमा निरन्तर गिरावट आएको छ । केही समय यताको विवरण हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्सको व्यवसाय बृद्धि निरन्तर सुस्ताउँदै गएको छ । आर्थिक वर्षको वार्षिक विवरण तयार हुनु अगाडि नै पराजुलीलाई हटाउँदा कम्पनीको बजारमा नराम्रो सन्देश जाने भएकाले रोकिएको थियो । गर्तवर्ष नेपाल लाइफको व्यवसाय बृद्धि नगण्य छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासलाई आधार मान्दा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य ४ दशमलव ६९ प्रतिशतमा सीमित रहेको स्रोत बताउँछ ।
वित्तीय विवरणले पनि कार्यकारी प्रमुख पराजुलीको कार्य क्षमतालाई कमजोर देखाउँछ । उनको कार्यकालमा व्यवसाय बृद्धिदर राम्रो नहुँदा अभिकर्ता कमिशन पनि घटेको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड रूपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब १० करोडमात्र खर्च गरेको छ । त्यस्तै भुक्तानी हुन बाँकी दाबी अर्बौंमा छ । कम्पनीले १ अर्ब ३८ करोडभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । उनले कम्पनीको दाबी भुक्तानीलाई निकै कमजोर बनाएका छन् ।
त्यस्तै कम्पनीले दिने लाभांश निरन्तर घट्दै छ । ५ वर्षको औसत लाभांश ४० प्रतिशत रहेकोमा विगत २ आर्थिक वर्षदेखि कम्पनीले औसत भन्दा कम लाभांश दिएको छ । आर्थिक वर्ष ०७७/७८ मा १५ दशमलव ७९ प्रतिशत लाभांश दिएको कम्पनीले आर्थिक वर्ष ०७६/७७ मा १४ दशमलव ७३ प्रतिशत लाभांश दिएको थियो । पराजुली नेपाल इन्स्योरेन्सको कार्यकारी प्रमुख भएर आएपछि दाबी भुक्तानीको अवस्था निकै खस्किएको कर्मचारीहरू बताउँछ ।
बीमा रकम माग दाबी गर्न आएका ग्राहकले समयमा भुक्तानी पाउन नसक्दा निकै ठूलो समस्या खडा भएको छ । विस्तारै कम्पनीमा बीमा गर्ने ग्राहकहरुको पनि संख्या घट्दै गएको छ । यसअघि बीमा गरेकाहरूले बीमा शुल्क तिर्न छोड्दै गएका छन् । बजारमा अन्य धेरै बीमा कम्पनी भएकाले उनीहरू नेपाल लाइफ छोडेर अन्यत्र जान थालेका छन् । बीमा सरेण्डर गर्नेकाे संख्या बढेर गएकाे छ । ग्राहकलाई कम्पनीमै निरन्तर राख्ने खालका योजना र कार्यक्रम पराजुलीले दिन नसकेका कारण बीमा गर्नेहरूको संख्या घट्दै गएको कर्मचारी बताउँछन् ।
यस्ता विभिन्न कारण देखाएर पराजुलीलाई नेपाल लाइफबाट बिदा गर्न लागिएको छ । बजारमा पनि पराजुलीको कार्यक्षमताबारे राम्रो चर्चा छैन । अहिले सञ्चालक समितिले नयाँ सीईओ तयारी अवस्थामा राखेको छ । आउने नयाँ कार्यकारी प्रमुखसँग सबै कुरा भइसकेपनि पराजुलीलाई कम्पनीबाट हटाएर मात्र उसलाई नियुक्त गर्ने तयारी छ । कार्यकारी प्रमुख पराजुलीको कम्पनीकै अन्य कर्मचारीसँग पनि राम्रो व्यवहार नभएको बताइन्छ । उनीसँग अधिकांश कर्मचारी असन्तुष्ट छन् ।
०७९ असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका पराजुलीलाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको थियो । उनी ०७८ पुस २५ गते नेपाल लाइफको सिनियर डीसीओमा नियुक्त भएका थिए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीईओ थिए। उनी एक तह घटुवा भएर नेपाल लाइफ भित्रिएका थिए । कम्पनीले सुरुवाती अवस्थामा पराजुलीलाई डिसीओमै राख्ने र प्रमुख कार्यकारी अधिकृत बाहिरबाट ल्याउने योजनामा थियो । तर आफूले भने जस्तो व्यक्ति नपाएपछि कम्पनीले पराजुलीलाई नै नियुक्ति गर्न बाध्य भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफ इन्स्योरेन्सले १९ करोड ६१ लाख नाफा कमायो
माघ २२, २०८१ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको एजीएम कहिले ?
माघ १८, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार
सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै
फागुन ७, २०८१ बुधबार
नेपाली राजनीति : आस्था कि आडम्बर ?
फागुन ७, २०८१ बुधबार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को को भए पुरस्कृत ?
फागुन ७, २०८१ बुधबार
जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय
फागुन ७, २०८१ बुधबार
रुसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
फागुन ७, २०८१ बुधबार