सडकमा सुतेर आन्दोलन गरिरहेका शिक्षकका माग सम्बोधन गर्न सरकार तयार छः खड्का
राहत र ईसीडी शिक्षकले सडकमा सुतेर गरे शिक्षा विधेयककाे विराेध
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १५:१६:३०
८ असोज, काठमाडाैं । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका रक्षा मन्त्री पूर्णबहादुर खड्काले सामुदायिक विद्यालयका आन्दोलनरत राहत र बालविकास (ईसीडी) शिक्षकका माग सम्बोधन हुने बताएका छन् ।
नेपाली कांग्रेसको सोमबार जारी केन्द्रीय कार्यसमिति बैठकमा मन्त्री खडकाले सडक आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले यसअघि नेपाल शिक्षक महासंघ भएको सम्झौता पनि कार्यान्वयन हुने उनको भनाइ थियो । सम्बोधन नियमावली र कार्यविधिमार्फत हुने बताए ।
यही असोज ५ मा महासंघ र सरकारबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै राहत शिक्षक र ईसीडी शिक्षक आज पनि राजधानी केन्द्रित सडक आन्दोलन जारी राखेका छन् । उनीहरुले आज दिउँसो सडकमा ब्यानर राखेर सुतेर विद्यालय शिक्षा विधेयकमा राखिएका आफूहरुको अधिकार खोस्ने प्रावधानको विरोध गरे ।
सुरुमा सबै सामुदायिक विद्यालयका सबै प्रकारका शिक्षकहरु सम्मिलित आन्दोलन सरकारसँग भएको सम्झौताले आफूहरुको माग सम्बोधन भएको दाबी गर्दै स्थायी शिक्षक आन्दोलनबाट फिर्ता भएपनि राहत र ईसीडीका शिक्षक, कर्मचारी भने सडकमै छन् । माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान छ ।
शिक्षक महासंघले सम्झौतामा आफूहरुको माग समेटिकनै आन्दोलनबाट पछि हटेको भन्दै सम्झौतालाई ‘धोका’ भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार