गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १५:२४:३८
८ असोज , चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।
वि.सं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई वि.सं २०५७ माघ २५ को फैसलाले रु ५० हजार जरिवाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई रु एक लाख जरिवाना तथा १० वर्ष कैद तोकेको थियो ।
उनीहरूलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको हो । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरीलाई असोज ६ गते पक्राउ गरिएको हो ।
सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो । अन्यलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका उनीहरूलाई कारागार कार्यालय भरतपुर पठाइएको तिवारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार