नगरविकास कोष र वालिङ नगरपालिकाबीच सम्झौता
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १५:४४:२९
♦ मणी प्रसाद अर्याल
८ असोज वालिङ । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेसँगै समस्या समाधान हुने भएको हो ।
सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रूपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए । नगर प्रमुख खाँणका अनुसार कुल सम्झौता रकममध्य नगरविकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो । त्यसैगरी, ४ करोड २९ लाख ६४ हजार ९ सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्नेछ ।
देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरूप तथा साघुरो बनेको थियो । सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भैसकेको अवस्थामा योसँगै बसपार्क निर्माणको कामले सार्थकता पाउने भएको छ ।
सम्झौता कार्यक्रमपछि नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटीको नामले परिचित वालिङमा बसपार्कको समस्या छ भन्न पनि अफ्ठ्यारो हुने अवस्था अन्त्य भएको उल्लेख गरे । उनले व्यवस्थित बसपार्क निर्माण भएपछि नागरिकले निर्वाध हिडडुल गर्न पनि नपाएको अवस्था टर्ने विश्वास व्यक्त गरे ।
नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो । नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप, आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रूपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ ।
निर्माण सम्पन्न भए पश्चात् बसपार्कमा प्रति घण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ ।जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रति घण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी, लामो दुरीमा चल्ने बसहरू प्रति घण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरू प्रति घण्टा ८ वटा, प्रति घण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरू २० वटा अटाउनेछन् । बसपार्क निर्माणको लागि यसै आर्थिक वर्षमा टेण्डर आह्वान हुने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
मह उत्पादक किसानको समस्याबारे अध्ययन गर्न समिति गठन
असोज ६, २०८१ आइतबार
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी
असोज ६, २०८१ आइतबार
प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार