नेप्से ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा कायम
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १५:४६:५४
८ असोज, काठमाडौं । शेयरबजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा आएर अडिएको छ । बजार घटेर पुनः २ हजारको मनोवैज्ञानिक विन्दु नजिक आएको हो । अब मंगलबार नेप्से यो मनोवैज्ञानिक विन्दुबाट माथि जान्छ वा तल झर्छ भन्ने लगानीकर्तामा पुनः चासो बढेको छ ।
यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ ।
यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेसरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ ।
यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार