आगामी चुनावबाट एमाले एक्लैले बहुमतको सरकार बनाउँछ : ओली
नेपालबहस संवाददाता
असोज ८, २०८० सोमबार १५:५७:३५
८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ को आम चुनावबाट प्रतिनिधिसभामा धेरै सदस्य संख्या जितेर पर्याप्त बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।
सोमबार पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीले मिसन ८४ चलाइरहेको र ८४ सालको चुनावपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबी गरे । उनले मुलुकको स्वाभिमानको झण्डा एमालेले मात्र बोक्ने काम गरिरहेको बताउँदै अहिलेका सरकारमा रहेका दलहरु विदेशीसँग आफ्नो भूमि मिचिएको बारे शिर ठाटो पारेर कुरा गर्न नसकेको आरोप लगाए ।
देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र रहेको भन्दै एमालेलाई टुक्र्याउने हरेक षडयन्त्रलाई चक्नाचु र धुलोपीठो पारिदिने बताए । उनले सोहीअनुरुप अगाडि बढन समेत सहभागीहरुलाई निर्देशन दिए । एमाले हाल संसदमा २७५ मा ७८ सिटसहित दोस्रो दल बनेको छ । बहुमतको सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ ।
आगामी ८४ को चुनावबाट आफ्नो दलले बहुमतको सरकार बनाउने दाबी रास्वपाले पनि गर्दै आइरहेको छ । संसदमा उसको २१ सिट छन् । पार्टीको नेतृत्व रबि लामिछानेले गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार