काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा मनाइँदै
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार ९:४६:१५
९ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा मनाइँदै छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने जनाइएको छ ।
काठमाडौं महानगरले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ । जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।
सूचना अनुसार असोज ११ गते बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन ।
असोज १२ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
क्रिप्टोको ५० लाखले काठमाडौं प्रहरी परिसरलाई तनाव !
असोज ६, २०८१ आइतबार
मोदी र बाइडेनबीच भेटवार्ता
असोज ६, २०८१ आइतबार
सुनको मूल्य हालसम्मकै उच्च, १७ सयले बढेर १ लाख ५७ हजारमा कारोबार
असोज ६, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघको मुख्यालय भवन
असोज ६, २०८१ आइतबार
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा फोटो फिचर
असोज ६, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद के हो ?
असोज ६, २०८१ आइतबार
कृषि पर्यटनको प्रवर्द्धन गर्नका लागि स्याउ आकृतिको प्रवेशद्वार
असोज ६, २०८१ आइतबार