एमाले बागमती प्रदेश अधिवेशन सुरुः सहमतिको प्रयास असफल बन्दै, नेतृत्वका लागि पाँच आकांक्षी
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार ११:४९:११
९ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र सुरु भएको हो । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिनेछ । त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए । सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए ।
एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभा गृहमा उद्घाटन गरेको अधिवेशन सम्पन्न गर्न स्थायी कमिटी सदस्य गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर पारित गरेसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुनेछ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन ।
अध्यक्षमा पाँच आकांक्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको बागमतीका एमाले नेता कायकर्ताहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार