ईसेवाले ल्यायो आफ्नो मर्चेन्टहरुलाई आकर्षक अफर
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १३:१९:३४
९ असोज, काठमाडौं । के तपाईं ईसेवा परिवारमा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको छ ? यदि हो भने, ईसेवाले तपाईंको लागि आकर्षक उपहारहरू जित्ने एउटा अफर लिएर आएको छ। यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्नेछन् । यो अफर ३ महिनासम्म 'भाद्र १५ देखि मंसिर १४ गतेसम्म चल्ने छ।
यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवा मार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु। १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु। १० देखि रु। ५०० सम्मको टप-अप प्राप्त गर्न सक्नेछन् ।
साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु। १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्नुहुनेछ। यस अफर र यसका सर्तहरूबारे विस्तृतमा जान्नका कृपया इसेवाको आधिकारिक ब्लगमा जानुहोला।
ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार