गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बीस दिनमा कालोपत्रे सकिने
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १३:४८:१
लक्ष्मण पौडेल
भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ । सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ ।
यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।
धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । धावनमार्ग पूर्णरूपमा तयार भएपछि आपतकालीन अवस्थामा काठमाडौँमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानलाई यहाँ अवतरण गराउन सकिने आयोजना प्रमुख अधिकारीले बताए।
उनले अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि आवश्यक पर्ने ‘आईकाओ’ बाट प्रमाणपत्र प्राप्तिलगायत सम्पूर्ण कार्य पनि सन् २०१९ भित्र पूरा हुने जानकारी दिए । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै सोही वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले जानकारी दिए तर त्यसअघि विमानस्थलमा परीक्षण उडान सम्पन्न गराउने योजना रहेको उनले बताए ।
विमानस्थलका अन्य भौतिक पूर्वाधार निर्माण कार्य पनि समानान्तर रूपमा भइरहेका छन्, अधिकारीले भने, तोकिएको अवधिभित्र भौतिक संरचना निर्माण सम्पन्न हुन्छ ।
अहिले विमानस्थलको धावनमार्गमा अन्तिम तहको कालोपत्रे, टर्मिनल भवन, पानी ट्याङ्की, कन्ट्रोल टावरलगायतको काम धमाधाम भइरहेको छ । टर्मिनल भवनको छाना हाल्न बाँकी छ । छानाका सामान आइसकेका र केही दिनभित्रै छाना हाल्ने काम सुरु हुने प्रमुख अधिकारीले बताए।
त्यस्तै टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवनको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यहाँ विद्युत् जडान र अन्य काम पनि भइरहेको छ । सात तलाको हुने कन्ट्रोल टावर निर्माण भइसकेको छ । फिनिसिङ तथा उडान, अवतरणमा प्रयोग हुने विद्युतीय उपकरण जडान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । विमान पार्किङ स्थल ‘एप्रोन’को काम पूरा भइसकेको छ ।
विमानस्थलको भौतिक निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । कुल छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपियाँ लगानीमा निर्माणाधीन यस विमानस्थलमा एसियाली विकास बैङ्क ‘एडीबी’ को ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।
त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सक्ने सबै प्रकारका जहाज यो विमानस्थलमा अवतरण गर्न सक्छन् ।
यसको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थल भएर यात्रा गर्ने आकलन छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार