एनएमबि ५० र हाइब्रिड फन्ड एल–१ को बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १४:१८:२९
९ असोज, काठमाडौं । ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति घोषणा गरेका छन् ।
एनएमबि क्यापिटलका अनुसार दुवै म्युचुअल फन्डको इकाईका लागि असोज १२ गते शुक्रबार बुक क्लोज हुनेछ । तसर्थ, असोज ११ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । तर ११ गते बिहीबार इन्द्र जात्रा परेको छ ।
यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यका विदामा नेप्से तथा सेयर बजार बन्द हुन्छ । यसआधारमा बुधबार असोज १० गतेसम्म कायम इकाईधनीले मात्र यी दुई म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।
एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश यसअघि नै घोषणा गरिसकेका छन् ।
दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित १५५ का दरले नगद लाभांश 'प्रतिफल' पाउने क्यापिटलले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से १२७ अंकले बढ्यो, आज १३ अर्ब १० करोडको कारोबार
भदौ १७, २०८१ सोमबार
रु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायो नाफा
साउन २८, २०८१ सोमबार
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
साउन २७, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
शेयरबजारमा उच्च गिरावट, ५९ अंकले घटेर २५२९ अंकमा झर्यो नेप्से परिसूचक
असोज ७, २०८१ सोमबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार