उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा थप प्रमाण बुझ्ने आदेश
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १५:४७:१९
९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप प्रमाण बुझ्ने आदेश भएको छ । फैसला चरणमा पुगिसकेको भनिएको मुद्दामा काठमाडाैं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा २ दिन सुनुवाइपछि मंगलबार घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको हो ।
चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघको त्रिवि ईकाइका अध्यक्षसहित विद्यार्थीहरुले त्रिविभित्रै रड प्रहारसहित सांघातिक आक्रमण गरेका थिए । उनी अहिले पनि हिँडुडुलमा वैशाखीको सहायता आवश्वयक छ ।
चलाउनको किटानी जाहेरीका आधारमा प्रहरीले योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगर लगायतविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाएको छ ।
कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले मुद्दा अन्तिम टुंगो लगाउनेतिर अगाडि बढेको छ । मुद्दा फिर्ता लिने निर्णयको विरोध चलाउनेले केही समयपहिले काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना समेत दिएका थिए । त्यहाँबाट प्रहरीले उठाएपछि त्रिविभत्रै अनसन सुरु गरेका थिए ।
सो क्रममा उनले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गराए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा फिर्ता लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार