डाक्टरहरुको आन्दोलनको पहिलो दिनमै सरकारसँग सहमति
नेपालबहस संवाददाता
असोज ९, २०८० मंगलबार १८:२१:३
९ असोज, काठमाडौं । सरकार र आन्दोलनरत डाक्टरहरु (चिकित्सक)बीचको वार्ता सममति टुंगिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजीको पहलमा सिंहदरबारमा आज दिउँसो भएको वार्तामा चिकित्सकहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारवाही गर्ने, कार्यस्थलमा सुरक्षाको प्रबन्ध मिलाउने, हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने लगायत बुँदामा सहमति भएको हो । आन्दोलन थालेकै दिन सरकारले आन्दोलनरत डाक्टरहरुलाई वार्तामा बोलाएर सहमति गरेको हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि सो विषयलाई लिएर मृतकका आफन्तले चिकित्सक र नर्सहरुमाथि आक्राण गरेर घाइते बनाएका थिए । सो घटनापछि चिकित्सक, नर्स आज बिहानदेखि माइतीघर मण्डलामा भेला भएर आक्रमणकारीलाई कारवाहीको माग गर्दै आन्दोलन थालेका थिए ।
वार्तामा सरकारको तर्फबाट मन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत र आन्दोलनकारीको पक्षबाट नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघका प्रतिनिधिहरु सहभागी थिए ।
यसैबीच हप्ता दिनदेखि सडकमा आन्दोलन चलाइरहेका राहत शिक्षकहरुको मागबारे भने सरकार मौन बसेको छ । उनीहरुले सडकमा धर्ना बसेर सिठ्ठी फुकेर शिक्षा विधेयकको विरोध गरेका छन् । भोलि पनि आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट 'डिस्चार्ज'
मंसिर २२, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार