एमाले बाग्मती अधिवेशन, आजबाट निर्वाचन प्रक्रिया सुरु
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ९:४२:२७
१० असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको उम्मेदवारी दर्ता बुधबार हुने भएको छ । एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको हो ।
निर्वाचन कार्यक्रम बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजे अन्तिम नामावली प्रकाशन, ९ः११ मा उम्मेदवारी दर्ता हुनेछ । यस्तै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । असोज ११ गते बिहीबार मतदान हुनेछ ।
एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।
बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् । बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालेले निर्वाचनको सम्पूर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
लेबनानमा पेजर विष्फोट कसरी गराइयो ?
असोज ३, २०८१ बिहिबार
स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
असोज ३, २०८१ बिहिबार
म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो
असोज ३, २०८१ बिहिबार
बराबरीमा रोकियो इन्टर मियामी
असोज ३, २०८१ बिहिबार
संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो : देउवा
असोज ३, २०८१ बिहिबार
च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात
असोज ३, २०८१ बिहिबार