शिक्षासम्बन्धी विधेयक परिमार्जनको पक्षमा कांग्रेस, आज पनि संसदीय दलको बैठकमा विज्ञहरुसँग छलफल
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ९:५८:५२
१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । मंगलबारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षाविदहरूसँग छलफल हुनेछ ।
कांग्रेसले संसदमा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको हो ।
छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा संघ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए । यस्तै पार्टीको तर्फबाट सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
उनले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउन बुधबार दिउँसो १ बजे विज्ञहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको बताए । प्रमुख सचेतक लेखकले भने, ‘अहिले जुन विद्यालय शिक्षा विधेयक आएको छ । यो महत्त्वपूर्ण विधेयकमध्येको एक हो । त्यसमा हामीले आज सरोकारवालाहरुसँग छलफल गरेका छौं । जसमा २३ जना वक्ताहरूले आफ्ना धारणा राख्नुभएको छ । झन्डै शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरू सुन्ने अवसर हामीले प्राप्त गरेका छौं । र आज १ बजे हामी विशेषज्ञहरूसँग बसेर छलफल गर्छौं ।’
उक्त विधेयकलाई परिमार्जन गर्ने, समृद्ध बनाउने कुरा नेपाली कांग्रेसको पनि उद्देश्य भएको भन्दै लेखकले पार्टीको तर्फबाट संसदमा यो विधेयक परिमार्जन गराउन आफूहरूको पनि भूमिका रहने बताए । साथै उक्त परिमार्जित विधेयकमा सबैका भावना समाहित गरिने उनको भनाइ थियो । सरोकारवाला निकायहरूले भने राहत शिक्षक र बाल विकासका शिक्षकहरूको माग पनि सम्बोधन हुने गरी विधेयक संसदबाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार