मंगोलियाविरुद्ध नेपालको सानदार जितः २७३ रनको विश्व कीर्तिमान, कुशल र दीपेन्द्रले पनि बनाए विश्व रेकर्ड
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १०:२४:५६
१० असोज, काठमाडौं । नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व रेकर्ड कायम गरेको छ । चीनमा जारी १९ औँ एसियाली क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको जित निकाल्दै विश्व किर्तिमान बनाएको हो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म कुनै पनि टिमले निकालेको पहिलो रेकर्ड हो ।
यसअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो ।
जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।
नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो ।
मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
त्यसअघि नेपालका कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरेका कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बने ।
यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए । यसबाहेक, कप्तान रोहितकुमार पौडेलले २७ बलमा दुई चौका र ६ चौकासहित ६१ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाए । दीपेन्द्रले नौ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए । दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बनेका हुन् ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफले क्रमशः १९ र १६ रन जोडे । मंगोलियाका लुभसान्जुडुइ एर्डेनेबुल्गान, दाभासुरेन जमयानसुरेन र मुगुन अल्तानखुयागले समान एक विकेट लिए । नेपालले अब समूह ए मा आइतबार माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।
यस्तै चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाए ।
यसअघि अफगानिस्तानले आयरल्याण्ड विरुद्ध र चेक रिपब्लिकले टर्की विरुद्ध समान २७८ रन बनाएको थियो । हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार