इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:२:३०
१० असोज, बग्दाद । उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ । सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत विवरण आउन बाँकी छ । ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सो घटनामा पर्ने पीडित मध्ये दुलहा र दुलहीसमेत रहेको बताइएको छ। इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ आगलागी भएको हो ।
आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन् तर प्रारम्भिक रिपोर्टहरूका अनुसार विवाह उत्सवमा आतिशबाजी गरेपछि आगलागी सुरु भएको बताइएको छ।
इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्विरले दर्जनौं अग्निनियन्त्रकहरू आगो निभाइ रहेको देखिएको छ भने स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरूले कार्यक्रम मुख्य हलको जलेर ध्वस्त भएको अवशेषहरू देखिएको छ ।
भवनमा रहेका ज्वालामुखी प्यानलहरूले आगो फैलाउन मद्दत गरेको हुन सक्छ, जसले गर्दा छतका केही भागहरू खसेको हुन सक्छ। ‘अत्यधिक ज्वलनशील, कम लागतको निर्माण सामग्रीको प्रयोगको कारण आगोले हलका केही भागहरू ध्वस्त पारेको छ, जुन आगो लाग्दा केही मिनेटमै भत्किन पुगेको थियो,’ इराकको नागरिक रक्षा निर्देशनालयले जानकारी दिँदै भन्यो ।
समाचार एजेन्सी रोयटर्सका एक संवाददाताले खिचेको भिडियोमा अग्निनियन्त्रकहरू बुधबार बिहान सबेरै जीवित व्यक्तिहरूको खोजीमा भवनको भग्नावशेषमा चढेको देख्न सकिन्छ।
स्थानीय समय अनुसार करिब १०ः४५ बजे भवनमा आगलागी हुँदा त्यहाँ सयौं मानिस उत्सव मनाइरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।
‘हामीले हलबाट बाहिर निस्केयौ तर हलमा आगो बलिरहेको देख्यौँ। व्यवस्थापन गर्नेहरू बाहिर निस्किए र तर ती पनि बच्न सकेनन, बाहिर निस्कनेहरू पनि घाइते भएका छन,’ ३४ वर्षीय इमाद योहानाले भने । उनी सो आगलागीमा सुरु भएर भागेर बाँचेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार