धार्मिक उत्पिडनमा परेको भन्दै दुई भारतीय मुस्लिम बाबुछोराले देश त्यागे
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार ११:४:४८
१० असोज, कराँची । एक भारतीय मुस्लिम बाबु छोराको जोडीले धार्मिक उत्पीडनबाट बच्न नयाँ दिल्लीस्थित आफ्नो घरबाट भागेको बताएका छन ।
अवैध रूपमा पाकिस्तान प्रवेश गरे पछि पक्राउ परेका उनीहरूले भारतमा धार्मिक उत्पिडनमा परे पछि देश छाडेर हिडेको बताएका छन ।
मोहम्मद हसनैन र उनका छोरा इशाक आमिर पाकिस्तान–अफगान सीमाबाट पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तको चमन क्षेत्रमा अवैध रूपमा घुसपैठ गरेका थिए।
दुवै जना हाल कराचीको ईधी वेलफेयर ट्रस्टको आश्रय गृहमा छन्। हसनैनले भने, ‘यदि पाकिस्तानी अधिकारीहरूले हामीलाई जेल हाल्न चाहन्छ भने हामी त्यसका लागि तयार छौं। हामी वैध कागजातहरू बिना आएका छौं तर हामी शरण खोज्ने प्रयास गर्नेछौं,’ उनले भने ।
हसनैन (७० वर्ष) र आमिर (३१ वर्ष) नयाँ दिल्लीको गौतमपुरी क्षेत्रका बासिन्दा हुन् । उनले लामो समयदेखि समुदायगत उत्पीडन र धार्मिक उत्पीडनको सामना गर्नुपरेको भन्दै उनले पाकिस्तान भाग्ने निर्णय गरेको जनाएका छन् ।
हसनैनले भने, ‘हामीलाई कराँची आई पुग्न १४ दिन लाग्यो । त्यहाँ पुगेपछि हामीले प्रहरी चौकीमा आत्मसमर्पण गयौँ । यसअघि दुवै जना सेप्टेम्बर ५ मा नयाँ दिल्लीबाट दुबई प्रस्थान गरेका थियौँ ।’ उनका अनुसार दुबईस्थित अफगानिस्तान दूतावासबाट भिसा लिएका थिए ।
उनले भने, ‘भिसा पाएर हामी काबुलतर्फ लाग्यौँ, त्यहाँबाट सडक हुँदै कान्दाहार गयौँ र त्यहाँबाट चमन नाका हुँदै पाकिस्तान प्रवेश गरेका हौ,’ उनले भने । दुबैले अफगान एजेन्टको सहयोगमा सीमा पार गर्न सफल भएको र पछि कराची लैजान ट्याक्सी चालकलाई ६० हजार रुपैयाँ दिएको बताए ।
कराँचीका प्रहरी उपमहानिरीक्षक असद रजाले दुवैलाई जासुस भएको आशंका नगरिएको बताए। उनले आफूलाई धार्मिक पूर्वाग्रह र उत्पीडनको सिकार भएको बताएको जानकारी दिए । पाकिस्तानको विदेश मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार