नारायणी अस्पतालले भव्य रुपमा वार्षिकोत्सव मनाउने
आबिद हुसेन
असोज १०, २०८० बुधबार १२:१६:१९
१० असोज, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालले यस पटक भव्य रुपमा वार्षिकोत्सव मनाउने तयारी गरेको छ । स्थापना भएदेखि कहिलै पनि वार्षिकोत्सव नमनाएको अस्पतालले यस पटक १ सय ३१ औँ वार्षिकोत्सव भब्य रुपमा मनाउने तयारी गरेको हो ।
वार्षिकोत्सवकै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संयोजक डा. रोशन अलीको अध्यक्षतामा भएको कार्यक्रममा ३३ जना महिलासहित ९१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार डा. मुकेश अग्रवाल, साहेब अन्सारी, आदेश चौरसिया, ममता चौधरी, किरण कुमारी, आरती चौरसिया, प्रिती साह, शर्मीला महर्जन, सञ्जिव गुप्ता, बिशाल राम लगायतले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. चितरञ्जन साह, अस्पताल कर्मचारी युनियनका पूर्व अध्यक्ष रामेश्वर प्रसाद, डा. प्रभाकर पाण्डे, हरि गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपचन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार