लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:२१:६
१० असोज, काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरूको स्तरीय हाजिरीजबाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित अन्य २० क्लबको सह–आयोजनमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगिता सामुदायिक विद्यालयका विद्यार्थीहरूको गुणस्तर र सामाजिक क्रियाकलापमा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रम आयोजना गरिएको थियो । तारकेश्वर नगरपालिका ६ नम्बर वडाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरी महर्जनले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता उत्कृष्ट भएको बताए । विजेता विद्यालय र विद्यार्थीहरूलाई बधाई दिँदै नगर प्रमुख महर्जनले तारकेश्वर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताए । लायन्सले गरेको हाजिरीजवाफ प्रतियोगिता अनुकरणीय सामाजिक कार्य भएको भन्दै आगामी दिनमा समेत नगरपालिका र लायन्सले सँगै काम गर्ने बताए । लायन्सले नगरपालिकालाई विभिन्न स्वास्थ्य क्षेत्रमा सेमत सहयोग गरेको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले लायन्स क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता सृजनात्मक कार्य रहेको बताउनु भयो । टोखा नगरपालिकाले सामाजिक रुपान्तरण कार्यक्रममा लायन्स क्लबलाई सदैव सहयोग र साथ दिने बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरूको गुणस्तर अभिवृद्धिका लागी लायन्स कलबले आयोजना गरेको कार्यक्रम अत्यन्तै राम्रो रहेको बताए ।
प्रतियोगितामा प्रथम हुने फुटुङ मा. वि.ले १ लाख नगद, दोस्रो हुने नौलिङ मा. वि.ले ५० हजार नगद, तेस्रो हुने मनमैजु मा. वि.ले २५ हजार नगदसहित प्रमाणपत्र, मेडल प्राप्त गरेको थियो । कार्यक्रममा लायन्स क्लब ३२५ यचका गभर्नर सम्भु बहादुर थापा, पि. एम. सि. सि. पंकज प्रधान, सुबोध फाउन्डेसनका अध्यक्ष प्रमोद तिमल्सिना, ग्यात लिडर खगेन्द्र सिटौला, फर्स्ट भिडीजी, सेकेण्ड भिडीजी, पिडीजी, क्याबिनेट सेक्रेटरी लगायत लायन्स लिडरहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सभापतित्व हाजिरीजवाफ प्रतियोगिताका संयोजक रामकृष्ण बिसीले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन आइपिडिजी दिनेश प्रसाद श्रेष्ठले गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो
असोज ६, २०८१ आइतबार
नेपाली सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
असोज ६, २०८१ आइतबार
साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
अमेरिकामा सामूहिक गोलीबारीमा ४ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार
हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण, ६ जनाको मृत्यु
असोज ६, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
असोज ६, २०८१ आइतबार
छविलाल जोशीलाई पोखरा ल्याइयो, सोमबार अदालतमा पेस गरिने
असोज ६, २०८१ आइतबार
फिल्म ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार