‘पुष्पा’ र ‘अञ्जली’को नयाँ गन्तव्य कोशी टप्पु, केही समयपछि मात्र आरक्ष क्षेत्रमा छाडिने
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:२९:११
१० असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका दुईवटा पोथी गैंडा ‘पुष्पा’ र ‘अञ्जली’लाई सप्तरी र सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा पुर्याइएको छ । उनीहरुलाई केही समय आरक्षको सप्तरीस्थित पथरी सेक्टरमा बनाइएको छुट्टाछुट्टै इक्लोजर (खुल्ला खोर)मा राखिने भएको छ । घुलमिल गराएपछि आरक्षको क्षेत्रमा छाड्ने भएको छ ।
‘पुष्पा’ र ‘अञ्जली’लाई पुर्याउन चितवनबाट निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन र भेटेरिनरी चिकित्सकसहितको टोली मंगलबार साँझ कोशी पुगेको थियो । टोलीले केही दिनसम्म निगरानी गर्नेछन् । प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि चितवन राष्ट्रिय निकुञ्चमा हुर्किएका दुई गैंडा कोशी टप्पु लगिएको हो । ‘पुष्पा’ तीन वर्ष नौ महिना र ‘अञ्जली’ दुई वर्ष छ महिनाका छन् । केही समयपछि चितवनमा हुर्कँदै गरेका भाले गैँडालाई पनि टप्पु पठाउने योजना रहेको निकुञ्चले जनाएको छ ।
केही वर्षअघि टप्पुबाट निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । देशभर रहेका ७ सय ५२ मध्ये चितवनमा ६ सय ९४ गैंडा रहेको तथ्यांक छ । सन् १९८६ देखि गैँडा स्थानान्तरण कार्य सुरु गरेको थियो । सरकारले केही गैंडा विदेशीलाई उपहार दिँदै आएको छ ।
हाल मात्र चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले चीनलाई एक जोडी एक सिंगे गैँडा उपहार दिने वचन दिएका छन् । एक सिंगे गैँडा विश्वमा दुर्लभ मानिन्छ । शिकारले लुकिछिपी शिकार गरेर खागको अवैध व्यापार गर्ने क्रम पनि रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार