विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई १ लाख दिने लुम्बिनीको घोषणा
अन्य खेलाडीलाई जनही १० हजार दिइने
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:४२:३९
१० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
दीपेन्द्रले चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका छन् । कीर्तिमानीको सम्मानमा लुम्बिनीले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । टोलीका अन्य खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा समेत स्टारले गरेको छ ।
दीपेन्द्र मंगोलियाविरुद्धको खेलमा १० बलको सामना गरेका उनले ८ छक्का प्रहारसहित ५० रन जाेडे । नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । दीपेन्द्र नेपाल प्रिमियर लिग क्लब लुम्बिनीका कप्तानसमेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार