मुगुका किसान सिमी भित्र्याउने चटारोमा [ फाेटाेफिचर ]
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १२:४३:३४
१० असोज, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा ६ पचच्या भन्ने ठाउँमा किसानहरू पाकेको सिमी चुट्न व्यस्त छन् । बालबच्चा, महिला, जेष्ठ नागरिक सबै गराहरुमा पुगेर कोही सिमी चुट्न त कोही सिमी उखेल्न व्यस्त भएका हुन् ।
मुगुमा सिमी उत्पादनको राम्रो क्षेत्र मानिने मन्दु गाउँका बासिन्दा अचेल सिमी भित्र्याउने चटारोमा छन् । पचच्या भन्ने स्थानमा मुन्दालहरु सिमी उखेल्न, बत्ताउन र चुट्न थालेका हुन् ।
मुन्दु गाउँमा ७० भन्दा बढी घरधुरी छ । मुस्किलले एक दुईजना मात्र नोकरीमा छन् । ती पनि अस्थायी र करार । गाउँलेहरुको प्रमुख आयसो्रत भनेको भेडापालन, जडिबुटी, सिमी, आलु र मह नै हो ।
जिल्ला सदरमुकाम गमगढीबाट २ घण्टाको पैदल दूरीमा रहेको यो गाउँ बत्ती मुनिको अँध्यारो जस्तै छ । बजार नजिक भएर पनि यातायातका साधनको सुविधा नहुँदा उत्पादित वस्तुहरु बोकेरै गमगढी बजारमा बिक्रीका लैजानुपर्ने अवस्था छ ।
स्थानीय टेकेन्द्र ऐडी सिमी बेचेर आएको पैसाले बालबच्चा पढाउने, औषधी उपचार गर्ने, लुगाफोटो किन्ने र अन्य घर खर्च चलाउने गरेको बताउँछन् । ‘म कक्षा ११ पढ्छु, मेरो पढाईको सबै खर्च सिमी बेचेरै आएको पैसाले धान्ने गरेको छ’ उनले भने । काखमा दुधे बालक च्यापेर सिमी चुट्दै गरेकी पुनी बोहोराले आफनो गाउँमा सिमी राम्रो उत्पादन हुँदै आए पनि पछिल्लो समय उत्पादनमा कमी हुने गरेको बताइन् ।
‘हामीले खेती गर्न जानेनौँ कि बिउ पुरानो भयो वा माटो बिग्रियो थाहा छैन’ उनले भनिन्, ‘कसैले तालिम, बिउ र गरा बनाउने सिकाए उत्पादन बढ्थ्यो होला ।’ यहाँको सिमीको गुणस्तर राम्रो भए पनि गमगढीबाहेक ठूला बजारतिर बिक्रीका लागि मेसो नपाउँदा समस्या भएको स्थानीयको भनाइ छ ।
पचच्या भन्ने स्थानमा बढी सिमी खेती गरिएको छ । ५४ जना गाउँलेले १० हेक्टरभन्दा बढी जग्गामा सिमी खेती गरेको मन्दु गाउँका जेष्ठ नागरिक धनरुप बोहोरा बताउँछन् । पहिला पाथीको २ सय ५० मा बिक्री हुने सिमी अहिले ५ सय रुपैयाँभन्दा बढीमा बिक्ने गरेको छ । बोहोराका अनुसार सिमी भण्डारणका लागि भकारी र बिउ दिएको छ । उनले घेरबारा, सिँचाई, तालिम र औजार पनि दिए अझ राम्रो हुने बताए ।
सिमी बिक्रीबाट एक सिजनमा गाउँलेले १ लाखभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको अनुमान छ । अहिलेसम्म कति उत्पादन र विक्री हुन्छ सरकारी तबरबाट हालसम्म रेकर्ड राख्ने गरिएको छैन ।
जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय रहेकाले सिमी विस्तार कार्यक्रम अन्तरगत कृषक, उत्पादन, बिक्री र खेती क्षेत्रबारे रेकर्ड राखिने परियोजना कार्यान्वयन ईकाई कार्यालय प्रमुख तेज विक्रम मल्ल बताउँछन् ।
मुगुका कयौँ गाउँहरुमा सिमी, ओखर, स्याउ र जडिवुटीका लागि उर्बर भूमि भए पनि सीमित साधन, स्रोत र पुँजीका कारण अधिकतम लाभ लिन नसकिएको उनले बताए । यो वर्षबाट प्रधानमन्त्री कृषि आधुकिकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय मुगुले सिमीको कृषकहरुलाई सिमी ढुवानीमा अनुदान दिन लागेको जानकारी उनले दिए ।
किसानहरुले उत्पादिन वस्तु नेपालगन्ज, सुर्खेत, पोखरा, बुटवल र काठमाडौसम्म बिक्रीका लागि लैजान ढुवानी खर्च नपाएर घरमै थन्काउनुपर्ने अवस्था भएपछि कार्यालयले यो वर्षबाट कृषकहरुलाई सिमी ढुवानी अनुदान दिन लागेको जनाएको छ ।
ढुवानी अनुदान लिनका लागि कृषकहरुलाई आफ्नो उत्पादन यकिन गरी आवेदन दिन लगाउने र स्थलगत अनुगमन पछि सिमी उत्पादन र बिक्रीको यकिन तथ्यांक आउने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
'तेल भिसा' र 'अग्निदहन' आजदेखि प्रदर्शनमा
मंसिर ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पर्यो एमालेलाई जग्गादानसम्बन्धी रिटको पेशी
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार