आजदेखि फुटपाथ व्यवसायी पनि ईःसँगै आन्दोलनमा
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १३:३९:३६
१० असोज, काठमाडौं । काठमाडौं महानगरभित्रबाट लखेटिएका फुटपाथ व्यावसायी पुनः आन्दोलनमा निस्केका छन् । वैकल्पिक व्यवस्था दिनुपर्ने माग गर्दै महानगरका मेयर बालेन साहको कार्यकक्ष अगाडि सडकमा उभिएर ९ दिनदेखि निरन्तर धर्ना दिइरहेका अभियन्ता ईःसँगै उनीहरु सडकमा आएका हुन् ।
उनीहरुले बुधबार कार्यालय समय सुरु भएसँगै राष्ट्रिय सभागृह अगाडि ‘गरिबलाई मार्न पाइँदैन’, गरिखान देउ, महानगर प्रहरीको ज्यादाति बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छ ।
उनीहरुले मेयर साह र उपमेयर सुनिता डंगोलविरुद्ध चर्का नाराबाजी गरेका छन् । मागबारे छलफल गर्न ईः र महानगरबीचको मंगलबारको वार्ता सफल नभएपछि ईःले आज पनि धर्ना जारी राखेका छन् । उनको स्वास्थ्य बिग्रँदै गएको र खुट्टा सुन्निएर लाैराेको सहारामा परेको बताइन्छ । माग पूरा भएसम्म आन्दोलन जारी राख्ने ईःले अडान राखेका छन् ।
वार्तामा व्यवसायी र ईः का प्रतिनिधिहरूले दशैंदेखि छठसम्म पहिलेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेपछि महानगरले त्यसलाई ठाडै अस्वीकार गरेको थियो । साह मेयरमा निर्वाचित भएदेखि महानगरका फुटपाथ व्यापारीलाई हटाइएको छ । फुटपाथ मिचेर बनाइएका संरचना पनि हटाउने क्रम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार