निगमका लागि जहाज किन्दा ‘खुम्ले किरा’ छिर्न दिन्नौं : मन्त्री किराती
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १४:४:११
१० असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि जहाज खरिद गर्दा कुनै किसिमबाट भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा कुनै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाएका हुन् । उनले निगममा अझै विकृत र विसंगति बाँकी रहेको बताउँदै त्यसबीचमा पनि पारदर्शी ढंगले जहाज किन्ने बताए । निगमको जहाज खाने ‘खुम्ले किरा’ अझै बाँकी यताकता बाँकी रहेको बताउँदै जहाज खरिदमा त्यसलाई छिर्न नदिने बताए । मन्त्री किरातीले भ्रष्टाचारीलाई ‘खुम्ले किरा’ संज्ञा दिँदै आइरहेका छन् । निगमले आन्तरिक २ वटा जहाज किन्ने तयारी गरेको छ ।
उनले नेपाली आकाशलाई कालोसूचीबाट हटाएर युरोपियन पर्यटकको विश्वसनीय गन्तव्य बनाउने पनि बताए । कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउन ठोस काम भइरहेको र छिट्टै परिणाम देखिने बताए । हवाई क्षेत्रमा नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
यसअघि मन्त्री किराती ‘यसअघिका मन्त्री र निगम प्रमुख सबैका आँखा जहाजको पांग्रामा मात्र पर्ने गरिएको भनेर चर्चामा आएका थिए । त्यस्ता आँखा भएकालाई निगममा प्रवेश नै नदिने उनले बताउँदै आएका छन् ।
तत्कालीन कांग्रेस नेतृत्वकाे सरकार र पर्यटन मन्त्रीकाे कार्यकालमा वाइड बडी जहाज खरिद गर्दा अर्बाैं रूपैयाँ भ्रष्टाचार भएकाे भन्दै अहिले पनि एमालेले ‘वाइड बडी काण्ड’काे छानबिन हुनुपर्ने माग गर्दैआइरहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार