एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:४०:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/albrit_by2sgc3Akb_qip8wetQqv.png)
१० असोज, काठमाडौं । अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी अलब्राइट नेपाल आउने भएकी छन् । उनी ५ दिने भ्रमणका लागि यही असोज १४ गते कतार हुँदै नेपाल आउने भएकी छन् । एमसीसी परियोजना अन्तर्गतका नेपालभित्र कार्यान्वयनकाे अवस्थाबारे बुझ्न उनी नेपाल आउने लागेकी हुन् ।
सरकारले एमसीसी परियोजना गत भदौ १३ गतेदेखि कार्यान्वयनमा लगेको छ । नेपालमा रहँदा अलब्राइटले परियोजनाको वस्तुगत अवस्था र परियोजनाका विभिन्न स्थलमा बनाइएका सेल्टर, निर्माण स्थलको अवलोकन गर्ने छिन् ।
साथै उनले प्रधानमन्त्री प्रचण्ड, उर्जा मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेपाली अधिकारीहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको बताइन्छ । भेटमा परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानबारे छलफल गर्ने छिन् ।
विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक टावर निर्माणका लागि स्थानीयले जग्गा नदिने भएपछि परियोजना कार्यान्वयन थप जटिल बन्ने विश्लेषण हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार