विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १५:५९:१३
१० असोज, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् ।
उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब २० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को।१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बिराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध गाँजा १६ किलो ५ सय ग्राम प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
रूपन्देहीको मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
क्यानडा पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ६, २०८१ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ
असोज ६, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
एरिकाले नेपाललाई रजत पदक दिलाइन
असोज ६, २०८१ आइतबार
इजरायली सेनाद्वारा वेस्ट बैंकमा अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
असोज ६, २०८१ आइतबार
माओवादी केन्द्रको परामर्श र दक्षिण एसिया सङ्गठन समितिको बैठक
असोज ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ
असोज ६, २०८१ आइतबार
दुई महिनामा थपियो साढे ९४ अर्ब सरकारी ऋण
असोज ६, २०८१ आइतबार
ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को विजेता
असोज ६, २०८१ आइतबार