पुष्पा र अञ्जली कोसी टप्पुमा
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १६:४१:२०
१० असोज, इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र कञ्चनपुरस्थित पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो ।
विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोको उपस्थितीमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।
गैँडालाई चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली यहाँ आएको थियो । कोसी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । पहिलो चरणमा गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने आरक्षका संरक्षण अधिकृत यादवले बताए ।
केही वर्ष अघि कोसी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।
कोसी टप्पुलाई पर्यटकीय गन्तव्य बनाइनेछः मन्त्री महतो
सो अवसरमा वन तथा वतावरण मन्त्री डाक्टर विरेन्द्रप्रसाद महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताए । कोसी टप्पु वन्य जनतु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजनतु उद्धार केन्द्रको आज उद्घाटन तथा गैँडा हस्तान्तरण कार्यक्रमका अवसरमा मन्त्री महतोले त्यसका लागि चितवनबाट गैँडा ल्याइएको बताए ।
उनले केही दिनभित्रै बिरु नामक गैँडा ल्याउने पनि जानकारी दिए । यस क्षेत्रमा बाघ ल्याउनका लागि अध्ययन पनि सुरु भएको उनको भनाइ छ । कोसी टप्पुमा अर्ना, गैँडा, बाघ, हात्तीलगायतका जनावर एकै ठाउँमा भएको खण्डमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार