साफ यू–१९ च्याम्पियनसिपः भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १६:४८:३२
१० असोज, काठमाडौं । पाकिस्तान ६–५ गोल अन्तरदे भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा खेल अवधिमा दुवै पक्षमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । सो क्रममा पाकिस्तानले भुटानलाई ६–५ ले पराजित गरेकाेे हो ।
जितसँगै पाकिस्तान फाइनल प्रवेश गरेको हो । पाकिस्तानले समूह चरणको पहिलो खेलमा आयोजक नेपाललाई समेत हराएको थियो ।
पाकिस्तानका मोहम्म्द अदिल युनास, शाह जहान, अलि जफान, खुर्सिद अलाम, मुहम्मद सदाम र कमिल अहमदले गोल गरे । भुटानका किनजाङ तेन्जिङ, जिग्ने माम्गेल, रिनजिङ दोर्जी, युगेन दोर्जी, पेमा जाम्पोले गोल गरे ।
पाकिस्तानले अब उपाधिका लागि दोस्रो सेमिफइनलका नेपाल र भारतमध्यको खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बुधबार नै साँझ दशरथ रंगशालामा हुँदैछ । फाइनल खेल भने शनिबार हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार