एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १७:१२:३१
१० असोज, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले नगरपालिकाका तत्कालीन नि. प्रमुख प्रशाकीय अधिकृत किरणकुमार कार्की, नायव सुब्बा गुरु ढकाल र ठेकेदार राजेश बछारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । उनीहरु सबैजनालाई राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप छ ।
चौधरीसहितको टोलीले आर्थिक वर्ष २०७८/७९ मा ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको उजुरीका आधारमा अनुसन्धान सकेर मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अध्यक्ष चौधरीले ८१ लाख ३५ हार ३ सय ८२ रुपैयाँ १६ पैसा, भरौटे र बलौटेले १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा र बछारले ३६ लाख ८८ हजार ३५५ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । आरोपीमाथि बिगो र उतिनै अंकमा वरिवाना र कैद हुनुपर्ने माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार