ईःलाई बालेनकाे जवाफः एक हजार व्यक्तिका लागि ५० लाख जना हिँडने फुटपाथमा व्यापार गर्न दिने कुरा आउँदैन
‘खालीजस्तो देखिने ठाउँमा प्रधानमन्त्रीलाई पनि व्यापार गर्ने छुट छैन, नेताहरुले आन्दोलनमा साथ दिनु राजनीतिक बेइमानी’
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार १७:३७:४६
१० असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले हटाउँदै आइरहेको फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्था हुनुपर्ने माग गर्दै ९ दिनदेखि पालिकाको कार्यालय अगाडि उभिएर निरन्तर धर्ना दिइरहेका अभियन्ता ईःलाई महानगरका मेयर बालेन साहले खरो जवाफ दिएका छन् । ईःसँगको मंगलबारको वार्ता असफल भएपछि बुधबार सामाजिक संजालमार्फत साहले ७ बुँदे जवाफ दिएका छन् ।
उनले एक हजार जना व्यापारीका लागि ५० लाख मानिस हिँड्ने फुटपाथ (बाटो)मा व्यापार गर्न दिने विषय सही नभएको उल्लेख गर्दै खाली जस्तो देखिने ठाउँमा पनि व्यापार गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् । उनले महानगरभित्र खाली ठाउँ भए पहिला २ कोठे शौचालय बनाउने काम गरिन्थ्यो भन्ने तर्क गरेका छन् ।
महानगरसँग खाली जग्गा नभएकै कारण कतिपय वडा कार्यालय भाडा तिरेर चलाइरहेको बताएका छन् । उनले गरिबका लागि महानगरले सधैं बोलिदिने गरेको दाबी गर्दै सुकुम्वासीको नाममा सयौं मानिसले राजनीतिक रवाफमा महानगरको जग्गा कब्जा गरिरहेको उनले बताए । उनले ईःले उठाएका माग पूरा गर्ने ठाउँमा आफू नरहेको समेत बताए ।
उनले ईःको अभियानमा साथ दिने नेताहरूसमेत शब्द वाण प्रहार गरेका छन् । ‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनीतिक बेइमानी देख्छौं’ उनले लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र सार्वजनिक मञ्चबाट फुटपाथ नेवारी व्यापारीकाे अंश भएकाे बताएका थिए ।
उनले महानगरभित्र खाली जस्तो देखिने ठाउँमा मेयरले मात्र नभई प्रधानमन्त्रीले समेत व्यक्तिगत व्यापार गर्न छुट नभएको बताएका छन् । महानगरले कानुनको अधिनमा रहेर गरिने कुनैपनि काममा अवरोध नगर्न समेत उनले चेतावनी दिएका छन् । ‘कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनु होला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनु होला’ फेसकुमा लेखेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बुधबार मात्रै एक प्रेस विज्ञप्ति जारी गरेर अभियन्ता ईःको स्वास्थ्य अवस्था ख्याल गर्न र माग सम्बोधन गर्ने विचार गर्न महानगरसँग आग्रह गरेको थियो । सोको केही समयपछि नै शाहले सबै पक्षलाई जवाफ दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार