एमालेको एकल बहुमतको सरकार लागि ‘मिसन–८४’ नेता कार्यकर्तालाई ओलीकाे निर्देशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज १०, २०८० बुधबार २२:५८:२५
१० असोज, कर्णाली । नेकपा 'एमाले'का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’ मा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एमाले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पूरा गर्ने सङ्कल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दाबी गरे । उनले भने, “वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन सङ्कल्प गर्नुस् ।”
देशकै दुर्गम भए पनि प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उनले टिप्पणी गरे । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यङ्ग्य गर्दै उनले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याइदिन कार्यकर्ता पङ्क्तिलाई अपिल गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधीनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाइ एमालेले गर्ने बताए । नयाँ निर्माण भएका पार्टीलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको सङ्ज्ञा दिँदै अध्यक्ष ओलीले भने, “टुप्पोमा पलाएकाको जरा नै हुँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवबारे बुझेकै छैनन् ।”
कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाएका उनले गुटउपगुटको झमेलामा नफस्न आग्रह गरे । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा व्यवधान आए साविककै कमिटी निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिनुभएका सहभागीलाई दिए ।
पार्टी महासचिव शङ्कर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालीको विकास र समृद्धिको सफल नेतृत्व एमालेले गर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेलाई जनताको रोजाइ पार्टीका रुपमा सुदृढ गरिने उनको भनाइ थियो ।
महासचिव पोखरेलले भने, “राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौती बनेको छ । देशमा आर्थिक सङ्कट बढ्दै गएको छ । सरकारलाई यस्ता सङ्कटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लीन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।”
उनले सरकार प्राथमिकता नभएको स्पष्टोक्ति दिँदै अदालत अदालतजस्तो, संसद् संसद्जस्तो र सरकार सरकारजस्तो नभएको टिप्पणी गरे । आज उद्घाटन भएको अधिवेशन भोलि बन्द सत्रमा परिणत हुने जनाउँदै प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले उक्त बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने बताए ।
अधिवेशनमा छ सय चार जना प्रतिनिधिले भाग लिएका छन् । जसमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालीकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुम पश्चिमबाट गरी पाँच सय ५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा सङ्गठनका ५० जनाको प्रतिनिधित्व उनले जनाए ।
उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुषको सहभागिता रहेको छ । त्यस्तै, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितको प्रतिनिधित्व हुने एमाले प्रदेश कमिटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार