रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिडेको घटनाले भारत स्तब्ध
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार ८:१३:४२
११ असोज, मुम्बई। मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ ।
बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ घन्टा सडकमा हिडदा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् ।
दिल्लीको निर्भयाको बलात्कारको घटना झै सो घटनालाई दाँजेर हेरे पछि भारतीय राजनीति गरम भएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन । उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको टविटरमा लेखेका छन् ।
‘मध्यप्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरु सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन ।
आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।
तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन । उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार