संविधानमा समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १०:४४:२
११ असोज, प्योङयाङ । एउटा महत्त्वपूर्ण परिवर्तनमार्फत उत्तर कोरियाले आफ्नो संविधानमा आणविक हतियारको द्रुत विकासको नीति समावेश गरेको छ।
अब सो कानून बनेपछि उत्तर कोरियाको आणविक हतियारको विकासले गति लिन सक्ने देखिएको छ । उत्तर कोरियाको यो कदम यस्तो समयमा आएको हो, जब अमेरिकाले उत्तर कोरियालाई वार्ताको टेबुलमा फर्कन आग्रह गरिरहेको छ । यस वार्ताबाट उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम नचलाउन अमेरिकाबाट आर्थिक सहयोग लिने जनाइएको थियो ।
उत्तर कोरियाली संसद (सर्वोच्च जनसभा) को सत्रमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिका र उसका सहयोगीहरूबाट प्योङयाङले सामना गरिरहेको चुनौती र आफ्नो आणविक कार्यक्रमलाई नष्ट गर्ने मनसायलाई ध्यानमा राखेर यो कदम चालेको बताएका छन । उत्तर कोरियाली तानाशाहले भने, ‘उत्तर कोरियाको आणविक शक्ति तयार गर्ने नीतिलाई अब देशको आधारभूत कानुन जस्तै स्थायी बनाइँदै छ, जसलाई कसैले उल्लंघन गर्न दिइने छैन।’
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले आणविक हतियारको उत्पादनलाई तीव्रता दिन र आणविक स्ट्राइक क्षमतालाई विविधीकरण गर्नुका साथै विभिन्न सैन्य सेवामा तैनाथ गर्ने आवश्यकतामा जोड दिएको बताएको छ।
किम जोङ उन भर्खरै रुसको भ्रमणबाट फर्किएका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् । रुस भ्रमणका क्रममा किम जोङ उनले धेरै हतियार उत्पादन गर्ने कम्पनीको प्लान्टको भ्रमण गरेका थिए । किम जोङ उनको यो भ्रमण यस्तो समयमा भएको हो, जब अमेरिकाले युक्रेन युद्धको बीचमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाएको छ ।
उत्तर कोरिया र रुसबीच असैनिक आणविक कार्यक्रमका लागि प्रविधि हस्तान्तरणका विषयमा वार्ता हुन सक्ने विश्वास गरिएको छ । यस सम्झौता अन्तर्गत प्राप्त सामग्री उत्तर कोरियाले आफ्नो आणविक क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्न प्रयोग गर्न सक्ने आशंका पनि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार