बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १०:५३:१५
११ असोज, म्याग्दी । म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।
छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताइन् । “विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ”, उनले भनिन्, “म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।”
विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णताः नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।
“जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदननै परेको छैन”, उनले भने, “सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ ।”
जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन सकेको छैन । एक्सरे, रेडियोग्राफर र युएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदननै नपरेको प्रमुख डा. थापाले बताए । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।
प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ ।
अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन, दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिएको बताए ।
“सामान्य बिरामी पर्दासमेत पोखरा, काठमाडौँ जानुपर्ने म्याग्दीवासीको समस्याको दीर्घकालीन समाधान गर्न बेनी अस्पतालको सेवालाई विश्वसनीय र प्रभावकारी बनाउनुको विकल्प छैन”, उनले भने, “अस्पतालमा स्थानीय तहले जनशक्तिको समेत सहयोग गरेका छौँ । प्रदेश र सङ्घीय सरकारले पनि संवेदनशील भएर दीर्घकालीन समाधानका लागि नीतिगत पहल गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
भुजुङ गाउँ घरवासका लागि प्रख्यात
जेठ १४, २०८१ सोमबार
विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार