इन्द्रजात्राको शुभकामना दिँदै प्रधानमन्त्रीले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु प्रमुख दायित्व’
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १२:४०:५९
११ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज इन्द्रजात्राको अवसरमा एक लिखित शुभकामना सन्देश दिएका छन् । उनले इन्द्रजात्रा नेवारी समुदायको मात्र नभई नेपालीहरुको ऐतिहासिक साँस्कृतिक पर्व भएको बताउँदै स्वदेश तथा विदेशमा रहेका नेवार समुदाय लगायत नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये इन्द्रजात्रा पर्व सबैभन्दा पूरानो र रोमाञ्चक पर्वसमेत भएको बताएका छन् । मुलुकमा बहुभाषी, बहुजाति, बहु धर्म र बहु संस्कृति रहेको उल्लेख गर्दै जात्राले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा रहेका विविधताले मुलुकको वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गरेको बताएका छन् । राष्ट्रिय एकता र विविधताकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले गौरवपूर्ण इन्द्रजात्रा मनाउँदै गर्दा हरेकले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।
हरेक पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गर्दै समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
प्रचण्ड हाल चीनकाे स्वशासित क्षेत्र तिब्बतमा छन् । उनी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन भदाै ३० मा अमेरिकाकाे न्यूयाेर्क पुगेका थिए । त्यतैबाट असाेज ५ मा चीन भ्रमणमा गएका थिए । असाे १३ गते मात्र स्वदेश फिर्ता हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार