लागूऔषध तस्करीको मामिलामा निवासबाटै समातिए कांग्रेस सांसद सुखपाल खैरा
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १३:३:५३
११ असोन, नयाँदिल्ली । पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक 'सांसद' सुखपाल खैरालाई पक्राउ गरेको छ । पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित निवासमा पुगेको थियो । उनीविरुद्ध पुरानो एनडीपीएस ऐन मुद्दा चलिरहेकोले सोही अनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, कांग्रेस विधायकले मुख्यमन्त्री भगवन्त मानले आफूविरुद्ध शत्रुता राखेको आरोप लगाएका छन् । पक्राउ परेका ती कांग्रेस विधायकलाई जलालाबाद अदालतमा पेश गरिएकाे छ ।
समाचार अनुसार २०१५ मार्च ५ मा जलालाबाद प्रहरी चौकी सदरले हेरोइन र हतियारसहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये कपुरथलाका एक जना अभियुक्तलाई तत्कालीन सुखपाल खैराको नाम उल्लेख गरेका थिए । सो बयान पछि सुखपाल सिंह खैरालाई पनि मुद्दामा अभियुक्त बनाइएको थियो । स्रोतका अनुसार खैराले सर्वोच्च अदालतबाट यो मुद्दा जितेका थिए, यद्यपि यसको पुष्टि भइसकेको छैन ।
जानकारीका अनुसार जलालाबाद प्रहरी खैराको चण्डीगढस्थित घरमा पुग्दा खैराले आपत्ति जनाएका थिए । पहिले पक्राउ पुर्जी देखाए पछि मात्रै पक्राउ गर्न सकिने उनले बताए । यस विषयमा प्रहरी र खैराबीच विवाद भएको थियो । यो सम्पूर्ण घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसपछि खैराले यो सबै कारबाही बदलाको भएको बताए । उनले यो पनि भनेका छन, ‘यो पक्राउ कुनै पनि हालतमा सहय छैन् ।’ उनका छोरा मेहताब खैराले यस विषयमा अदालत जाने बताएका छन् ।
यसैबीच, विधान सभामा विपक्षी दलका नेता प्रताप सिंह बाजवाले यो कारबाहीको आफुहरुले विरोध गर्ने जनाएका छन । यस विषयमा पार्टीले छिट्टै सङ्घर्षको घोषणा गर्ने उने बताए । उनका अनुसार कांग्रेस नेता सुखपालसिंह खैराले दिनहुँ सरकारको झुट पर्दाफास गर्ने भएकाले उनलाई निशाना बनाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार